arrow

आँधीबाट अमेरिकाको क्यालिफोर्नियामा सत्र जनाको ज्यान गयो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २८ बिहिबार
Flood-USA-california.jpg

लस एन्जलस। अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । गत मङ्गलवारबाट सो आँधी सुरु भएको र बुधवार बिहानसम्म ज्यान जानेको सङ्ख्या १७ पुगेको बताइएको छ ।

अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या रहेको सहर क्यालिफोर्नियामा आँधीबाट ती नागरिकको ज्यान गएको र केही भौतिक संरचनाहरूमा पनि क्षति पुगेको बताइएको छ । आँधीसँगैको वर्षाबाट बाढी र पहिरो पनि आएको अधिकारीहरूले जानकारी दिएका छन् ।

 यहाँका मौसमसम्बन्धी अधिकारीहरूले आँधीका कारण केही वर्ष यताकै ठुलो क्षति भएको जनाएका छन् । उनीहरूले सडक भत्किएका र यहाँका बिजुली तथा ग्यासका पाइपसम्बन्धी संरचनाहरूमा क्षति पुगेको छ । 

मौसम पूर्वानुमान शाखाका अधिकारीहरूले आँधीको सम्भावना रहेकाले बुधवार पनि घर बाहिर ननिस्कन सर्वसाधारणहरूलाई सूचना जारी गरेका छन् । यस आँधीले यहाँका जनावर तथा चौपाया पनि मरेका छन् ।

 यस क्यालिफोर्निया राज्यको दक्षिणी क्षेत्र आँधीबाट बढी प्रभावित भएको छ । सो क्षेत्रका हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लैजानुपर्ने बताइएको छ । तर आँधी निरन्तर रहेकाले उनीहरूको उद्धारमा पनि कठिनाइ उत्पन्न भएको बताइएको छ ।

 सो राज्यमा सङ्कटकालको घोषणा गरेर आवश्यक उद्धार कार्य गर्नका लागि अमेरिकी सरकारले अधिकार प्रदान गरेको छ । आँधी अरू केही दिनसम्म रहन सक्ने भन्दै यहाँको राज्य सरकारले भने सबै नागरिकलाई सतर्क रहन भनेको छ ।

 यहाँ चिसो मौसममा पनि यस्तो आँधी आउने गर्दछ । सन् २०१८ को जनवरीमा पनि यस्तै आँधीका कारण कम्तीमा पनि २३ जनाको ज्यान गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ