चर्चामा नरेन्द्र मोदीको सुनको मूर्ति, लोकप्रियता अमिताभ र रजनीकान्तको भन्दा बढी
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
1.1k
Shares
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता बढ्दो छ । उनी भारतमा अमिताभ बच्चन र रजनीकान्त भन्दा लोकप्रिय भएको दाबी गरिएको छ ।
उनको सुन जडित मूर्ति चर्चामा रहेको छ । उनको १५६ ग्राम सुनले बनेको मूर्तिको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । मानिसहरुले यसलाई लिएर अमिताभ बच्चन र रजनीकान्तसँग तुलना गरेका छन् ।
उनको सुनको मूर्तिको भिडियो दुई दिनअघि बाम्बे गोल्ड प्रदर्शनीमा देखाइएको थियो । उनको मूर्तिको मुनि १५६ ग्राम लेखिएको छ ।
यति थोरै सुनले यति राम्रो मूर्ति बनाउने कलाकारको कलाकारीप्रति पनि नमन गरिएको छ ।