arrow

क्यालिफोर्निया आँधीमा १७ को मृत्यु, ठूलो जनधनको क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३० शनिबार
Flood-USA-california.jpg
तस्बिर – फाइल ।

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । आँधीबाट ठूलो भौतिक संरचनामा क्षति पुगेको छ । आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको थियो । 

बाढीले  सडक भत्किएका र पोलहरु ढलेका छन् । आँधीबाट दक्षिणी क्षेत्र सबैभन्दा बढी प्रभावित छ । त्यहाँबाट हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लगिएको छ । 

आँधी अरु केही दिनसम्म रहनसक्ने भन्दै त्यहाँको राज्य सरकारले सावधानी दर्शाएको छ । सन् २०१८ को जनवरीमा आएको आँधीमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ