arrow

आँधीका कारण अमेरिकाको अलाबामामा नौ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३० शनिबार
Flood-USA-california.jpg
फाइल तस्विर।

मार्बरी। अमेरिकाको अलाबामा राज्यमा बिहीबार आएको आँधीमा परी नौ जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा उद्धार कार्य जारी रहेको न्यूयोर्क टाइम्सले  उल्लेख  गरेको छ।

उद्धारकर्ताहरूले प्रभावित क्षेत्रमा घर-घरै पुगेर मृतक र घाइतेहरूको खोजी कार्य जारी राखेका छन् । जर्जिया शहरको स्पाल्डिङ काउन्टीमा, मध्य-विद्यालयका प्रिन्सिपलहरूले विद्यार्थीहरूलाई  परिवारसँग पुनर्मिलन गर्न मद्दत गर्न पनि सतपकारवाला निकायलाई अनुरोध गरेका छन् ।

नजिकैको बट्स काउन्टीमा एउटा रूख लडेर गाडीमा गाडीलाई ठक्कर दिँदा पाँच वर्षीय  बालकको मृत्यु भएको र उनका आमाबाबु गम्भीर घाइते भएको बताइएको छ।   

यसैगरी मोन्टगोमेरी नजिकैको अटाउगा काउन्टी आँधीका कारण सबैभन्दा बढी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार शुक्रबार सम्म मारिएका नौ जना मध्ये सात जना औटागाका बासिन्दा थिए।

सेल्मा नजिकैको शहरबाट कुनै हताहत नभएको भएपनि घर र व्यापार लगायत शहरका धेरैजसो क्षेत्रमा  व्यापक क्षति पुगेको छ ।

आँधीले यस चिसो मौसममा व्यापक असर गरेको छ ।   स्थानीय अधिकारीहरूले प्रभावित क्षेत्रभरि स्थानीयहरूलाई थप खतराहरूको चेतावनी दिदैँ सडकबाट टाढा रहन आग्रह गरेका छन्।

यसैगरी जर्जिया शहरमा पनि आँधीँबाट धनजनको क्षति भएको छ । हजारौँ घरमा बिजुली पुनर्स्थापनाका लागि व्यापक अभियान चलिरहेको छ । भग्नावशेषमा मानिसहरू अझै फसेको हुनसक्ने  भएकाले  खोजी  अभियान चलाइएको छ । 

सन् २०२१ डिसेम्बरमा अमेरिकाका छवटा राज्यमा आँधीबेहरीका कारण ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो जसमा केन्टकी जिल्ला न्यायाधीशले पनि आफ्नो ज्यान गुमाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ