- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घनालाई लिएर सरकारले भोलि सोमबार माघ २ गते शोक विदा दिने निर्णय गरेको छ ।
आकस्मिक रुपमा आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले यती एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोगसमेत गठन गरेको छ ।
यस्तै मन्त्रिपरिषद्को बैठकले घटनाबारे जानकारी लिन चाहने परिवार र आफन्तका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने र पार्थिक शरीर बुझेर आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने समेत निर्णय गरेको छ ।