arrow

अमेरिकामा गोली प्रहार गरी छ जनाको हत्या

logo
रासस-सिन्ह्वा
प्रकाशित २०७९ माघ ३ मंगलबार
bullet-goli.jpg
सांकेतिक तस्विर ।

क्यालिफोर्निया। अमेरिकामा भएका गोली प्रहारका घटनामा परेर सोमबार मात्र कम्तीमा पनि छ जनाको ज्यान गएको छ ।अमेरिकाको क्यालिफोर्नियामा ती गोली प्रहार र हत्या भएका हुन् । अमेरिकाको क्यालिफोर्नियाको टुलारे काउन्टीमा भएको गोली प्रहारमा परेर एकजना १७ वर्षीया युवती र उनकी छ महिनाकी छोरीको ज्यान गएको छ ।

त्यस्तै सोही काउन्टीमा अर्का चार जनालाई घरमै बोलाएर हत्या गरिएको बताइएको छ । एक व्यक्तिको घरमा सो हत्याकाण्ड भएको छ । त्यसमा परेर अर्का एकजना घाइते भएका छन् र उनलाई अस्पताल पुर्‍याइएको छ ।

ती हत्याकाण्डमा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरू कुनै समूहसँग सम्बन्धित रहेका र समूहका बीचको सम्पर्कका कारण यो हत्या भएको अनुमान गरिएको अनुसन्धानदाताहरुले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ