arrow

गण्डकीका उपसभामुख थापाद्वारा पदभार ग्रहण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
Binakumari thapa.jpg

पोखरा । गण्डकी प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले पदभार ग्रहण गरेकी छन् । सोमबार सभामुख कृष्णप्रसाद धितालबाट पद तथा गोपनीयताको शपथ लिनुभएकी थापाले आज पदभार ग्रहण गरेकी हुन् । 

उपसभामुख थापालाई प्रदेशसभा सचिव हरिराज पोखरेललगायत सविचालयका कर्मचारीले कार्यालयमा स्वागत गरेका थिए । यसअघि सोमबार नै उनी उपसभामुख पदमा निर्वाचित भएकी थिइन् । 

थापाको पक्षमा प्रदेशसभाका ३२ सदस्यले मतदान गरेका थिए । उनी नेकपा (एमाले) बाट उम्मेदवार बनेकी थिइन् । उपसभामुख पदका अर्का उम्मेदवार नेपाली कांग्रेसकी पार्वती तामाङले २६ मत ल्याएकी थिइन् ।

प्रदेशसभाका कूल ६० सदस्यमध्ये सभामुख कृष्णप्रसाद धिताल तटस्थ बसेका थिए । कांग्रेसका एक प्रदेशसभा सदस्य मतदानमा अनुपस्थित रहेका थिए । थापा समानुपातिकतर्फ बागलुङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ