arrow

चोलेन्द्र गएपछि सरकारी निवासमा छिरे हरिकृष्ण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
-MG-0103.JPG

काठमाडौं ।  पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा गएपछि कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्की सरकारी निवास छिरेका छन्। 

कायममुकाय प्रधानन्यायाधीश कार्की बुधबार सरकारी निवास बालुवाटार सरेका छन् । उनले गत असोज १५ गतेदेखि कामु प्रधानन्यायाधीशका रूपमा न्यायपालिकाको काम सुरु गरेका थिए ।
     
पूर्व प्रधानन्यायाधीश जबराले गत मङ्सिर २८ गतेदेखि निवास छाडेको भए पनि मर्मत सम्भारको काम भएका कारण कार्की सरकारी निवासमा बुधबार सरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

तत्कालीन प्रधानन्यायाधीश जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएपछि पनि उनी सरकारी निवासमै थिए । उनको अनिवार्य अवकाश भएपछि उक्त भवन खाली भएको थियो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ