arrow

राजीनामा घोषणा गर्दै न्युजिल्याण्डकी प्रधानमन्त्रीले भनिन्- नेतृत्व गर्ने हिम्मत छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
new-zealand-jacinda.jpg

काठमाडौं ।  न्युजिल्याण्डकी प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेकी छन्। न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले अर्को महिना राजीनामा दिने घोषणा गरेकी हुन् ।

 जसिन्डाले फेब्रुअरी ७ मा लेबर पार्टीको नेताको पद पनि छोड्ने बताएकी छिन् । जेसिन्डाले आफ्नो ६ वर्षको कार्यकाल निकै चुनौतीपूर्ण रहेको बताएकी छन् ।

३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि विश्वकै कान्छी महिला सरकार प्रमुख भनेर चर्चामा रहेकी जसिन्डा अब आफू थाकेको बताएकी छन्  । 

राजीनामाको घोषणा गर्दै जसिन्डाले भनिन्-'अब समय आएको छ । मसँग अर्को ४ वर्ष नेतृत्व गर्ने हिम्मत छैन ।'
 न्युजिल्याण्डमा अक्टोबर २०२३ मा चुनाव हुँदैछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ