arrow

न्यूजिल्याण्डकी प्रधानमन्त्रीले किन गरिन् राजीनामा?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
new-zealand-jacinda.jpg

काठमाडौं। न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आगामी महिना राजीनामा दिने र यस वर्ष हुने आम निर्वाचनमा भाग नलिने घोषणा गरेकी छन्।

आँसु खसाल्दै आर्डर्नले बिहीबार पत्रकारहरूसँग बोल्दै उनले फेब्रुअरी ७ आफ्नो कार्यालयमा अन्तिम दिन हुने बताएकी हुन्।

'यो कठिन थियो भनेर म छोडिरहेको हैन, कठिन थियो भने म दुई महिनामै जागिर छाड्ने थिएँ,' उनले भनिन्।

'म छोड्दै छु किनभने यस्तो विशेषाधिकार प्राप्त भूमिकाको साथमा जिम्मेवारी आउँछ, जिम्मेवारी तपाई कहिले नेतृत्व गर्न सही मान्छे हो भनेर थाहा पाउने र नपाउने पनि पनि,' उनले भनिन्।

'म मानव हुँ, हामी जतिसक्छौं सके जति गर्छौँ र त्यसपछि समय सकिन्छ र यो मेरा लागि समय सकिएको हो,' उनले भनेकी छन् ।

आर्डर्नले बिहीबार न्युजिल्याण्डको अर्को आम चुनाव अक्टोबर १४ मा हुने पनि बताएकी छन्। यस्तै उनले आफ्नो लेबर पार्टीको लिडर एवं प्रधानमन्त्री छान्नका लागि आइतबार मतदान हुने बताएकी छन्।

४२ वर्षीय आर्डन सन् २०१७ मा गठबन्धन सरकारको प्रमुखका रूपमा प्रधानमन्त्री बनेकी थिइन्। त्यति बेलादेखि नै महिला र युवा प्रधानमन्त्रीका रूपमा उनले विश्वभर ठूलो प्रभाव पारेकी थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ