arrow

चन्द्रमामा दोस्रो पाइला राख्ने एल्ड्रिनले ९३ वर्षमा गरे विवाह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ८ आइतबार
buz-andrin.jpg

काठमाडौं । नील आर्मस्ट्रङसँगै चन्द्रमामा पाइला राखेका हर्का अन्तरिक्ष यात्री बज एल्ड्रिनले ९३ वर्षको उमेरमा विवाह गरेका छन् । बज एल्ड्रिनले शुक्रबार ९३ वर्षको उमेरमा चौथो विवाह गरेका हुन् ।

उनले ६३ वर्षकी डा. आन्का फरसँग विवाह गरेका हुन् । लस एन्जलसमा एउटा सानो समारोहमा विवाह गरेको एल्ड्रिनले बताएका छन्। विवाहपछि उनले लेखेका छन्, ‘घरबाट भागेर विवाह गर्ने किशोर किशोरीजस्तै हामी दुवै उत्साहित छौं ।

नील आर्मस्ट्रङ र बज एल्ड्रिन सन् १९६९ मा अपोलो ११ मिसन अन्तर्गत चन्द्रमामा गएका थिए । चन्द्रमामा अवतरण गर्ने पहिलो व्यक्ति नील आर्मस्ट्रङ थिए । उनको १९ मिनेटपछि बज एल्ड्रिनले चन्द्रमामा पाइला राखेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ