arrow

भवन भत्कँदा तेह्र जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ८ आइतबार
Siriya.jpeg

अलेप्पो । सिरियाको अलेप्पोस्थित एउटा साततले भवन भत्कँदा पाँच जना बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । उक्त भवनमा सात परिवार बसेका थिए । 

स्थानीयहरूका अनुसार उक्त भवनमा ३५ जनाको बसोबास  थियो । भग्नावशेषबाट एक जनालाई मात्र जीवित उद्धार गरिएको छ । गृह मन्त्रालयले मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ । एक दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण विस्थापित भएका सिरियाली उक्त भवनमा बस्दै आएका थिए । 

यसैबीच, अजरबैजानको उत्तरी शहर कुसारस्थित एक रिसोर्टमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । घाइते भएका छ जनालाई स्थानीय अस्पताल भर्ना गरिएको छ । आगोमा ज्यान गुमाएका तीन जना एकै परिवारका सदस्य हुन् । 

अग्निनियन्त्रक तथा आपत्कालीन सहयोगमा जुटेकाहरूले आगो निभाउने भरमग्दुर प्रयास गरेता पनि काठले बनेको दुई तलेघर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । प्रारम्भिक अनुसन्धानअनुसार घरको अँगेनोमा आगोबालेर त्यत्तिकै छाडिँदा आगो सल्केको हो । विस्तृत अनुसन्धान जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ