arrow

१० जनाको हत्या गरि भागेका आक्रमणकारी भेटिए भ्यानमा मृत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
us-gun-shooting-california.jpg

काठमाडौं। अमेरिकाको क्यालिफोर्नियामा १० जनाको हत्या हुने गरि भएको सामूहिक गोलीकाण्डका आक्रमणकारीको शव प्रहरीले भ्यानमा फेला पारेको छ । आक्रमणकारी एसियाली मूलको भएको बताइएको छ । 

आक्रमणकारीले आफूलाई गोली हानेर आत्महत्या गरेको लस एन्जलस टाइम्सले जनाएको छ। यद्यपी प्रहरीले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला मोन्टेरे पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ । घटनामा १० जनाको मृत्यु भएको छ भने कम्तीमा १० जना घाइते भएका छन् ।

बन्दुक हिंसासम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने एउटा वेबसाइटका अनुसार गत वर्ष ६४७ वटा सामूहिक गोलीकाण्ड भएको संयुक्त राज्य अमेरिकामा सामूहिक रूपमा हुने बन्दुक हिंसा एउटा ठुलो समस्या रहेको छ । 

अमेरिकी कानुनले चार वा सोभन्दा बढी व्यक्तिले गोली हानेको वा मारिएको घटनालाई सामूहिक गोलिकाण्डका रूपमा परिभाषित गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ