arrow

लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
united-nations.jpg

त्रिपोली। लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ । लिबियाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियोग गुटरेसका विशेष प्रतिनिधिले सो आग्रह गरेका हुन् ।

उनले लिबियाको आर्थिक अवस्था निकै कमजोर हुँदै गएकाले केही वर्षयतादेखि जारी सङ्कटको समाधानका लागि सहयोगका लागि आग्रह गरेका हुन् । लिबियाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिवका विशेष प्रतिनिधि अब्दुल्लाह बाथीले आइतबार त्रिपोलीमा आयोजित एक कार्यक्रममा सो आग्रह गरेका हुन् ।

आइतबार लिबियाको राजधानी त्रिपोलीमा आयोजना भएको अरबका विदेशमन्त्रीहरुको एक परामर्श बैठकमा उनले लामो समयदेखि जारी रहेको लिबियाको सङ्कट समाधानका लागि लिबियाका छिमेकी देशहरूका साथै अरब देशहरूसमक्ष आग्रह गरेका हुन् ।

सो बैठकपछि उनले ट्वीटमा लेखेका छन्– 'विगत लामो समयदेखि लिबिया आर्थिक लगायतको सङ्कटमा छ, त्यसैले यसका छिमेकी देशहरु, अरब देशहरूका साथै अन्य अन्तर्राष्ट्रिय सरोकारवालाहरुलाई आग्रह गर्दछु ।'

उनले लिबियाका सबै राजनीतिक दलहरूका साथै हाल लिबियालाई सहयोग गर्दै आएका विदेशी दाता राष्ट्रहरूले पनि लिबियाको विकासका लागि ऐक्यबद्धता जनाउनुपर्नेमा जोड दिनुभएको छ ।

लिबिया राजनीतिक अस्थिरता तथा आपसरी द्वन्द्वका कारण लामो समयदेखि आर्थिक सङ्कटमा परेको छ । हाल यहाँको आर्थिक व्यवस्थामा सहयोग गर्नुपर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले बताउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ