arrow

क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड, सोमबार सात जना मारिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १० मंगलबार
california-shooting-us-gun-voilence.jpg

काठमाडौं। क्यालिफोर्नियामा सोमबार भएको अर्काे गोलीबारीमा एक बन्दुकधारीले सात जनाको हत्या गरेको छ।

यसअघि शनिबार मात्रै क्यालिफोर्नियामै भएको अर्काे गोलीबारी एक बन्दुकधारीले १० जनाको हत्या गरेको थियो। सोमबार भएको यो आक्रमण सान फ्रान्सिस्कोबाट ५० किलोमिटर दक्षिणमा रहेको हाफ मुन बेको तटीय सहरका दुई छुट्टाछुट्टै स्थानमा भएको हो।

आक्रमणकारी स्थानीय निवासी ६७ वर्षीय झाओ चुन्ली भएको बताइएको छ।

क्यालिफोर्नियाले लुनार नयाँ वर्षको मनाउने क्रममा बहुसंख्यक एसियाली रहेको मोन्टेरे पार्कमा १० जनाको हत्या भएको घटनाको शोक मनाइरहेकै बेला सोमबार यो आक्रमण भएको हो।

सोमबारको घटनामा संदिग्ध व्यक्ति आक्रमणको करिब दुई घण्टापछि सान माटेओ काउन्टी शेरिफको कार्यालयमा पुगेको भिडियो खिचिएको थियो। मारिएका पहिलो चार पीडितहरू स्थानीय समय अनुसार २ बजेर २२ मिनेटमा एउटा च्याउ फार्ममा फेला परेका थिए भने, थप मारिएका तीन जना नजिकैको ट्रकिङ व्यवसायमा फेला परेका थिए।

अनुसन्धानकर्ताहरुले अहिलेसम्म यो आक्रमणको कारण बताएका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ