arrow

बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १० मंगलबार
earthquake2.jpg

सुदुरपश्चिम। आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रबिन्दु भएर  पाँच दशमलव नौ म्याग्निच्युटको भूकम्प आएको छ । अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए । प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठुलो झट्का महसुस गरिएको थियो । 

सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको पाँच दशमलव नौ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्काबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ