arrow

भूकम्पले बाजुरामा घर भत्कियो, थुप्रै घर चर्किए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १० मंगलबार
bajura-earthquake-nepal.jpg

काठमाडौं। मंगलबार बाजुरा केन्द्र बिन्दु बनाएर गएको ५.९ म्‍याग्निच्यूडको भूकम्पका कारण बडिमालिका नगरपालिका-७ मा एक घर भत्किएको छ।

नगर प्रवक्ता धर्मराज पाध्यायले अन्य केही घर चर्किएको र एक घर भत्किएको हाम्राकुरालाई बताए।

घटनामा मानविय क्षतिको कुनै विवरण नआएको र सम्भवत: मानविय क्षति नभएको उनको भनाइ छ। भूकम्पग्रस्त क्षेत्रमा उद्दारका लागि प्रहरी परिचालन गरिएको बताइएको छ।

सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको पाँच दशमलव नौ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ