arrow

जसिन्डाको राजीनामापछि ४४ वर्षीय क्रिस बने न्यूजिल्याण्डको प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
krish-newz.jpg

काठमाडौं । जसिन्डा आर्डर्नको राजीनामापछि क्रिस हिपकिन्स न्यूजिल्याण्डको प्रधानमन्त्री बनेका छन् । राजधानी वेलिङ्टनमा आयोजित एक औपचारिक समारोहमा गभर्नर जनरल सिन्डी किरोले हिपकिन्सलाई शपथ गराएका छन् ।

४४ वर्षीय क्रिस सन् २००८ मा पहिलो पटक सांसद निर्वाचित भएका थिए । प्रधानमन्त्री हुनुअघि उनी प्रहरी, शिक्षा र लोकसेवा मन्त्री थिए ।  आगामी अक्टोबरमा न्यूजिल्याण्डमा आमनिर्वाचन हुँदै छ।

क्रिसलाई लेबर ककसले औपचारिक रूपमा समर्थन गरेको थियो।प्रधानमन्त्री भएसँगै उनी लेबर पार्टीको नेता पनि बनेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ