arrow

संघीयता र रणनीतिक योजना कार्यान्वयनमा लाग्नुपर्छ : मन्त्री चुमान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
Hari Bahadur Chuman.jpg

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले जनताको बलिदानबाट प्राप्त संघीयताको विकासमा लाग्न कर्मचारीलाई आग्रह गरेमा छन् । 

मन्त्रालयमा आयोजित पदस्थापन कार्यक्रममा मन्त्री चुमानदले अहिलेको कार्यभार भनेको संघीयताको पूर्ण कार्यान्वयन गरी जनतामा सकारात्मक भाव पैदा गर्ने रहेको स्पष्ट पारे ।

योजनाको वर्गीकरणमा संघ प्रदेश र स्थानीय तहको कार्यविभाजन विना परिणाम नआउने भन्दै उनले यसका लागि आफूले ध्यान दिने बताए । 

टुक्रे र परिणाम बिहीन योजनाले विकास सम्भव नहुने भएकाले दीर्घकालिनरुपमा रणनीतिक योजनामा प्रदेशले काम थाल्ने उनको भनाइ छ । 

अहिलेको आधुनिक युगमा सेवाग्राहीलाई सोफामा राखेर सेवा दिनुपर्ने बेला आएको भन्दै उनले लामो लाइनमा बसेर सरकारबाट पाउने सेवा लिन पर्ने अवस्था अन्त्यका लागि काम गर्न कर्मचारीलाई निर्देशन दिए । 
मन्त्री चुमानले गण्डकी प्रदेशमा विद्युतीय सवारी सञ्चालन सञ्बन्धी मापदण्ड तयार गरि लागू गर्ने निर्णय गरेका छन् । 

हालसम्म सार्वजनिक रुपमा विद्युतीय सवारी सञ्चालनका लागि कुनै पनि मापदण्ड नभएकाले एक महिना भित्र मापदण्ड तयार गर्ने उनले स्पष्ट पारे । 

यसैगरि गुरुयोजनामा आधारित योजना प्राथमिकीकरण गर्ने सम्बन्धी निर्णय पनि उनले गरेका छन् । 

यस्तै, गण्डकी प्रदेश बुद्धसिंह मार्गमा पर्ने तनहुँस्थित बन्दीपुर गाउँपालिका-६ कुचिलाफेद र देबघाट गाउँपालिका-३ तनहुँ जोड्ने सडक अन्तर्गत सेतीनदीमा पुल निर्माण कार्य शुरुआत गर्नका लागि पनि मन्त्री चुमानले निर्णय गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ