arrow

बागमती प्रदेश

बागमतीमा जमकट्टेल सरकारले पायो पूर्णता, मन्त्रीहरुले लिए सपथ

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ माघ ११ बुधबार
mantri-sapathhhhhhhhhhhhhh.jpg

हेटौंडा । बागमती प्रदेश सरकारले आज पूर्णता पाएको छ । प्रदेशका नवनियुक्त मन्त्रीहरूले बुधवार प्रदेश प्रमुखको कार्यालय हेटौंडामा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रदेश प्रमुख शर्माले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गङ्गा नारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रालयमा युवराज दुलाल 'शरद', सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा केशवप्रसाद पोखरेल, श्रम रोजगार तथा यातायात मन्त्रालयमा एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयमा डम्बर बहादुर तामाङ र वन तथा वातावरण मन्त्रालयमा राजु बिष्टलाई शपथ ग्रहण गराएका हुन् ।
यसअघि प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्रालयमा जगन्नाथ थपलिया र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् ।

मुख्यमन्त्री जमकट्टेलले सत्ता साझेदार दलहरूसँगको बृहत् छलफलपछि बुधवार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । ठुलै रस्साकस्सी बीच ३ दलको भागबण्डा टुङ्गिएको हो बागमतीमा एमाले र माओवादी केन्द्रले ४/४ मन्त्रालय पाएका छन् भने राप्रपाले ३ वटा मन्त्रालय पाएको छ । यसअघि प्रदेशमा १४ वटा मन्त्रालय रहेकोमा अहिलेको सरकारले ३ वटा मन्त्रालय घटाएर ११ वटा बनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ