- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओले भारत र पाकिस्तान सन् २०१९ को फेब्रुअरीमा आणविक युद्धको नजिक पुगेको बताएका छन्।
कश्मीरमा भारतीय सेनामाथि हमला भएपछि दिल्लीले पाकिस्तानी भूभागमा आतङ्ककारीहरू विरुद्ध आक्रमण थालेसँगै यस्तो स्थिति सिर्जना भएको हो।
त्यसबेला पाकिस्तानले दुई भारतीय सैन्य विमान खसालेको र एक लडाकु पाइलटलाई नियन्त्रणमा लिएको बताएको थियो। भारत र पाकिस्तानले पूरै कश्मीरमाथि दाबी गरे पनि त्यसको केही भाग मात्रै नियन्त्रणमा राख्छन्।
भारतले लामो समयदेखि पाकिस्तानलाई कश्मीर उपत्यकामा पृथकतावादी लडाकुहरूलाई समर्थन गरेको आरोप लगाउँदै आएको छ, जुन आरोप इस्लामाबादले अस्वीकार गर्दै आएको छ।
आणविक हतियारधारी छिमेकीहरूले बेलायतबाट स्वतन्त्रता र १९४७ मा विभाजनपछि तीनवटा युद्ध लडेका छन्। तीमध्येको एक युद्ध मात्रै कश्मीर बाहिर लडिएको छ।
हिजो सार्वजनिक भएको आफ्नो नयाँ पुस्तक 'नेभर गेभ एन इञ्च: फाइटिङ फर अमेरिका आई लभ'मा पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पीओले भनेका छन्,'सन् २०१९ मा भारत-पाकिस्तान आणविक युद्धको कति नजिक पुग्यो भनेर संसारलाई राम्ररी थाहा छैन।'
उनले लेखेका छन्,'सत्य के हो भने, मलाई पनि ठ्याक्कै जवाफ थाहा छैन: मलाई थाहा छ कि, यो (स्थिति)धेरै नजिक थियो।'