arrow

अमेरिका र जर्मनीले युक्रेनमा ट्याङ्क पठाइरहेको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
olaf-scolz-germany-ukraine-us-russia.jpg

काठमाडौं। महिनौंको आनाकानीपछि अमेरिका र जर्मनीले युक्रेनमा ट्याङ्कहरू पठाउने योजना बनाएको बीबीसीले रिपोर्ट गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले कम्तीमा ३० वटा म१ अब्राम ट्याङ्कहरू पठाउने योजना घोषणा गर्ने अपेक्षा गरिएको छ।

कीभले युद्ध मैदानमा ट्याङ्कहरू गेम चेञ्जर हुने आशा गरेको छ। जर्मन चान्सलर ओलाफ स्कोल्जले पनि कम्तीमा १४ वटा लेपर्ड २ ट्याङ्क पठाउने निर्णय गरेका छन् । 

उनले आज संसदीय सम्बोधन गर्ने भएका छन्। अमेरिकाका लागि रुसी राजदूतले यो समाचार अर्को स्पष्ट उत्तेजना भएको बताएका छन्।

यस्तै क्रेमलिनका प्रवक्ताले जर्मनीको ट्याङ्क पठाउने निर्णयले 'केही राम्रो (नतिजा) ल्याउने छैन' र रुससँगको सम्बन्धमा 'स्थायी छाप' छोड्ने बताएका छन्।

युक्रेनी अधिकारीहरूले आफूहरूलाई तुरुन्तै भारी हतियारको आवश्यकता रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ