arrow

एनआइसी एसिया बैङ्कले ठगेको भन्दै बुटवल कार्यालयमा तालाबन्दी

logo
नारायण वली,
प्रकाशित २०७९ माघ ११ बुधबार
NIC-Asia-Butwal.jpg

बुटवल। एनआइसी एसिया बैङ्क लिमिटेडको बुटवलमा रहेको प्रदेश कार्यालयमा तालाबन्दी गरिएको छ। बैङ्कले बेचेको सम्पत्ति भने अनुसार नभएर आफू ठगिएको भन्दै पीडित पक्षले तालाबन्दी गरेको छ। 

एनआईसी एसिया बैङ्कले आफ्नो नाममा छ भनेर व्यक्तिलाई बेचेको र बैङ्कले सो जग्गामा घर पनि छ भनेर बचेको भएपनि हाल नभएको पुष्टि भएपछि अहिले एनआईसी एसिया बैङ्क लिमिटेडको लुम्बिनी प्रदेश कार्यालय बुटवलको जानकीनगरमा पीडित पक्षले तालाबन्दी गरेका छन् ।

उक्त विवाद मिलाउन काठमाडौंबाट आएका दुईजना प्रतिनिधिले गल्ती ढाकछोप गर्न थालेपछि स्थिति तनावग्रस्त हुन पुग्दा दुई जनालाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । प्रारम्भिक अनुसन्धानमा बैङ्कको गल्ती रहेको बताइएको छ। यस विषयमा नापी कार्यालय बुटवलले पनि बैङ्कको गल्ती रहेको प्रारम्भिक अनुमान गरेको छ।

 

पीडितहरूले आफ्नो रकम फिर्ता मागेका छन्। उनीहरूले आफूलाई झुक्क्याएर बेचिए बापत बैङ्कले लिएको रकम फिर्ता गर्नु पर्ने बताएका छन्।  

पीडितहरू बैङ्कको प्रादेशिक कार्यालयमा विरोध जनाएर बसेका छन्। बैङ्कबाट आफू ठगिएको र आफूहरूले न्याय पाउनु पर्ने पीडितहरूको भनाइ छ। 

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ