arrow

डोटीमा पहिलोपटक इन्डोस्कोपी सेवा शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
Doti-hamrakura.jpg.jpeg

डोटी । डोटीमा पहिलोपटक इन्डोस्कोपी सेवा सञ्चालन शुरु भएको छ । जिल्लाको सिलगढी नगरपालिका–४ मा रहेको ग्रामीण विकास सेवा केन्द्र डोटीद्वारा सञ्चालित सामुदायिक सुजङ अस्पताल राजपुरले इन्डोस्कोपी सेवा सञ्चालन गरेको हो ।

इन्डोस्कोपी सेवा सञ्चालन भएपछि यसका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको केआई सिंह गाउँपालिका–५ का करन रानाले बताए। इन्डोस्कोपी सेवा सञ्चालन भएपछि बिरामीको निकै चाप बढेको सुजङ अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।

इन्डोस्कोपी सञ्चालनका लागि दक्ष जनशक्ति पनि भएकाले सेवा सञ्चालन गर्न कुनै कठिनाइ नभएको प्रशासन प्रमुख बलायरको भनाइ छ । अस्पतालबाट सबै प्रकारका जाँच तथा परीक्षण, भिडियो एक्सरेलगायतका सेवा उपलब्ध भइरहेको छ ।

“सेवा सञ्चालनपछि जिल्लाका नागरिकका लागि सहज भएको हो”, सुजङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष  भक्त बलायरले भन्नुभयो, “सेवा सञ्चालनमा आएपछि धेरै बिरामीले राहत महसुस गर्ने विश्वास छ ।” उनका अनुसार यसका लागि सबै प्रकारका उपकरण जडान भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ