arrow

विकासशील देशहरूमा जलवायु वित्तपोषणका लागि सहयोग गर्ने आईएमएफ प्रमुखको प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १२ बिहिबार
Kristalina-Georgieva-IMF.jpg

किगाली । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विकासशील देशहरूमा जलवायु वित्तपोषणका लागि आफ्नो सङ्गठनले सहयोग गर्ने बताएकी छन् ।

रूवान्डाको राजधानी किगालीमा पूर्वी अफ्रिकी क्षेत्रका केन्द्रीय बैंकका गभर्नर र अर्थमन्त्रीहरूसँगको गोलमेच छलफलमा जर्जिएभाले भनिन्, “विकासशील देशहरूले आफ्नो संरचनात्मक रूपान्तरण, जलवायु लचिलोपनमा लगानी र कार्बन उत्सर्जन नियन्त्रणलाई समर्थन गर्न दीर्घकालीन वित्तपोषणको पहुँच को हकदार रहेका छन् भन्नेमा हामी पूर्ण विश्वस्त छौँ ।

विकासशील देशहरूका लागि जलवायु वित्तपोषण योजनाहरू र आईएमएफको लचिलोपन र स्थिरता सुविधाको परिचालनबारे भएको छलफलमा उनको यो धारणा आएको हो । 

कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनलाई कम गर्न नवीन घरेलु समाधानहरू र अन्तर्राष्ट्रिय समुदायले सार्वजनिक र निजी वित्तपोषण परिचालन गर्न उत्प्रेरकको रूपमा कसरी सहयोग वा काम गर्न सक्छन् भन्ने बारेमा छलफल गरेका थिए ।

उनले समष्टिगत आर्थिक स्थायित्व को संरक्षण र वृद्धि र रोजगारीलाई बढावा दिने सन्दर्भमा आईएमएफले जलवायु नियन्त्रणलाई विशेषे महत्व दिएको उल्लेख गरिन् । 

अफ्रिकालाई जलवायु वित्त वार्ताको केन्द्रमा राख्नुपर्ने आवश्यकतामा पनि उनले जोड दिइन् । उनले भनिन्, “अफ्रिकाले यस समस्यामा निकै कम योगदान गरेको छ, तर यसले पहिले नै धेरै नाटकीय तरिकाले जलवायु परिवर्तनको परिणामहरू भोगिरहेको छ ।”

अफ्रिकामा खडेरी र बाढीका कारण उत्पादकत्व, कृषि उत्पादनमा ह्रास आइरहेको र मानिस र समुदायलाई पनि क्षति पु¥याइरहेको उनले बताइन् । 

विकसित देशहरूले सन् २०२० सम्ममा विकासशील देशहरूमा जलवायु नियन्त्रणका लागि प्रतिवर्ष करिब १०० अर्ब अमेरिकी डलर को प्रतिबद्धता व्यक्त गरेका थिए, जुन अझै पूरा हुन सकेको छैन ।

गत डिसेम्बरमा आईएमएफले रूवान्डाका लागि लचिलोपन र दिगोपना सुविधा अन्तर्गत ३१ करोड ९० लाख अमेरिकी डलर ऋण को घोषणा गरेको थियो, जसले जलवायु परिवर्तनका कारण प्रभावित बनेका महत्वाकांक्षी एजेन्डालाई मद्दत गरेको छ । 

यस पहलको उद्देश्य कम आय भएका र कमजोर मध्यम आय भएका सदस्य राष्ट्रहरूलाई जलवायु परिवर्तन जस्ता दीर्घकालीन संरचनात्मक चुनौतीहरूको सामना गर्न र दीर्घकालीन कम लागत वित्तपोषण गर्न मद्दत गर्नु हो ।

मङ्गलबार रुवान्डा आइपुगेकी जर्जिएभाले बुधबार रुवान्डाका राष्ट्रपति पल कागामेसँग भेटवार्ता गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ