arrow

अमेरिकी सेनाको कारबाहीमा आईएसआईएलका नेता मारिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १३ शुक्रबार
Senior-ISIS-leader-Bilal-al-Sudani-killed-in-US-military-operation-in-Somalia-hk.jpeg

काठमाडौं। संयुक्त राज्य अमेरिकाको सेनाले उत्तरी सोमालियामा आईएसआईएस (आईएसआईएस)का नेतालाई मार्ने अपरेशन गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

बिहीबार अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले एक विज्ञप्तिमा सोमालियामा अमेरिकाले ताेकेको आईएसआईएलको लिडर एवं आईएसआईएसको विश्वव्यापी नेटवर्कको लागि प्रमुख बिलाल अल-सुदानीलाई अपरेशनमा मारिएको बताएका हुन्।

यो अपरेसनलाई यस हप्ताको सुरुमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अनुमोदन गरेको र जनवरी २५ अपरेसन गरिएको बताइएको छ।

'अल(सुदानी अफ्रिकामा आईएसआईएसको बढ्दो उपस्थितिलाई बढावा दिन र अफगानिस्तान लगायत विश्वभरी यस समूहको सञ्चालनलाई आर्थिक सहयोग गर्न जिम्मेवार थिए,' अस्टिनले भनेका छन्।

अमेरिकी सेनाले कसरी यो अपरेसन वा कारबाही सञ्चालन गर्यो वा कति अमेरिकी सैनिकहरू संलग्न थिए भन्नेलगायत अपरेशनको बारेमा अन्य कुनै विवरण सार्वजनिक गरिएको छैन्।

अमेरिकी अधिकारीहरूले रोयटर्स समाचार एजेन्सीलाई अज्ञात रूपमा अल सुदानीका १० सहयोगीहरू पनि अपरेशनमा मारिएको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ