arrow

हिन्डनबर्गको रिपोर्टपछि अडानीले गुमाए ४८ अर्ब अमेरिकी डलर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १३ शुक्रबार
gautam-adani-joins-100-billion-dollar-club.jpg

काठमाडौं। भारतको अडानी इन्टरप्राइजेजको शेयर शुक्रबार २० प्रतिशतले घटेको छ। एक अमेरिकी सर्ट सेलरको एक आलोचनातम्क रिपोर्टले कम्पनीको सेयरमा गिरावट आउन थालेको हो।

विश्वका सबैभन्दा धनी व्यक्तिहरू मध्ये एक गौतम अडानीद्वारा नियन्त्रित अडानी समूहका सात सूचीकृत कम्पनीहरूले बुधवारदेखि करिब ४८ अर्ब अमेरिकी डलर गुमाएका छन्।

हिन्डनबर्ग रिसर्चले जनवरी २४ को एक रिपोर्टमा ऋणको स्तर र कर हेवनको उपयोगको बारेमा चिन्ता व्यक्त गरेपछि अडानी फर्महरूको अमेरिकी बन्डहरू पनि घटेको छ।

अडानी समूहले हिन्डनबर्गको प्रतिवेदनलाई आधारहीन भन्दै खारेज गर्दै न्युयोर्कस्थित फर्म विरुद्ध कानुनी कारबाही गर्नेबारे विचार गरिरहेको बताएको छ।

फोर्ब्सका अनुसार ९७.६ अर्ब अमेरिकी डलरको नेटवर्थसहित अर्बपति गौतम अडानी अब विश्वको सातौं धनी व्यक्ति बनेका छन्। हिन्डनबर्ग रिपोर्ट अघि उनी तेस्रो स्थानमा रहेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ