arrow

आच्छु चिसो (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १४ शनिबार
lumbini-winter-cold.jpg
तस्बिर : नेपाल फोटो लाइब्रेरी

लुम्बिनी। माघको पहिलो हप्ता बिती सक्दा पनि चिसो सिरेटो सगैं हुने शितलहरले तराईको जनजीवन प्रभावित बनेको छ। पश्चिम तराईको पश्चिम नवलपरासी, रुपन्देही र कपिलवस्तुमा कठ्याङ्ग्रिने जाडो बढेको छ। दिउसो मौसम खुले पनि बिहानीपख लाग्ने बाक्लो हुस्सुले जनजीवन प्रभावित बनाएको छ।

पुसको अन्तिम सातादेखि लगातार चलिरहेको शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोले मध्य तथा पूर्वी तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ। पुस यता प्रदेश नं. २ मा मात्र चिसोका कारण चार जनाको मृत्यु भइसकेको छ।

संसाझैबाटै दिउसो अबेरसम्म लाग्ने बाक्लो हुस्सुले सर्वसाधारण घरभित्रै खुम्चिन बाध्य बनेका छन् । चिसोले सबैभन्दा धेरै बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन्। ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न परिवार काम गर्न नसकेर समस्यामा छन्। घर, चौकमा आगो र हिटर बालेर बस्नेहरू बढेका छन्।

जाडो बढेपछि तौलिहवा, पिपरा र बहादुर गन्ज अस्पतालमा श्वासप्रश्वास र दमका रोगीको उपचार गराउनेको सङ्ख्या ह्वात्तै बढेको छ। 

Lumbini-Winter-Nepal Photo Library1.jpg
Lumbini-Winter-Nepal Photo Library2.jpg
Lumbini-Winter-Nepal Photo Library3.jpg
Lumbini-Winter-Nepal Photo Library4.jpg
Lumbini-Winter-Nepal Photo Library5.jpg
Lumbini-Winter-Nepal Photo Library6.jpg
Lumbini-Winter-Nepal Photo Library7.jpg
Lumbini-Winter-Nepal Photo Library8.jpg
Lumbini-Winter-Nepal Photo Library9.jpg
Lumbini-Winter-Nepal Photo Library10.jpg
Lumbini-Winter-Nepal Photo Library11.jpg
Lumbini-Winter-Nepal Photo Library12.jpg
Lumbini-Winter-Nepal Photo Library13.jpg
Lumbini-Winter-Nepal Photo Library14.jpg
Lumbini-Winter-Nepal Photo Library15.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ