arrow

चेम्बर गण्डकीको साधारण सभा चैत ११ मा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १४ शनिबार
Chembar gandaki.jpg

पोखरा । चेम्बर अफ कमर्स गण्डकीको वार्षिक साधारण सभा आगामी चैत ११ गते पोखरामा हुने भएको छ । संस्थाको आठौं कार्यसमिति बैठकले साधारण सभा पोखरामा गर्ने निर्णय गरेको हो ।

संस्थाका अध्यक्ष किसान सुनारका अनुसार बैठकमा जिल्ला चेम्बरको प्रगति प्रतिवेदन, एशोसिएट र वस्तुगत संघ दर्ता लगायतका विषयमा छलफल भएको थियो ।

बैठकले प्रदेशमा ‘आइडिया बैंक’ स्थापना, फ्रि हटलाइन नम्वर ‘हेल्लो चेम्बर’ हेल्प डेस्क स्थापना गर्नुका साथै ‘एक पालिका, एक उत्पादन र उत्पादित वस्तुको बजारीकण’ अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको अध्यक्ष सुनारले बताए ।

‘सोंचबाट उद्यमशिलता’ भन्ने प्रमुख लक्ष्यसहित गण्डकीमा आइडिया बैंक स्थापना गर्ने निर्णय गरेको अध्यक्ष सुनारले जानकारी दिए ।

‘गण्डकी प्रदेश भित्र स्थापना भएका उद्योगी, व्यवसायीहरुलाई थप व्यवस्थित र वस्तु तथा सेवाको व्यवसायिक प्रवर्द्धन गर्ने प्रमुख लक्ष्य हो’, उनले भने, ‘आइडिया बैंक स्थापना भएसँगै नयाँ उद्यम गर्न चाहने र विदेशबाट ज्ञान शिप सिकेर पूँजी लिएर आएका उद्यमीहरुलाई विशेष सहयोग पुग्छ ।’

देशमा भएका बेरोजगार युवालाई स्वरोजगार सृजना गर्न चेम्बरले तीन तहको सरकारसँग सहकार्य गर्न आइडिया बैंकले सहयोग गर्ने उनले बताए । ‘पछिल्लो समय देशमा बेरोजगार प्रमुख समस्या बनेको छ, तीन वटै तहका सरकारसंग समन्वय, दातृ निकायसँग साँझेदारी गर्दै बीउ पूँजी उपलब्ध गराई बेरोजगारीलाई स्वरोजगार सृजना गर्न सक्छौं’, उनले भने ।

साथै गण्डकीका उद्योगी, व्यवसायीहरुका हक, हित, समस्या पहिचान र समाधान गर्नका लागि व्यवसायिक प्रवर्द्धन गर्न, सरकार र निजी क्षेत्रबीच पुलको काम गरी सरकारलाई व्यवसायी मैत्री नीति निर्माण गर्न, लगानी मैत्री वातावरण तयार गर्न र नीतिगत सुझावका लागि हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको अध्यक्ष सुनारले बताए ।

यस्तै, शिप सिकेर स्वदेशमा नै कृषि व्यवसाय गर्न चाहने तथा कृषि पेशामा शिप सिकेर विदेश जान इच्छुक व्यक्तिलाई आवश्यक तालिम प्रदान र विदेशबाट फर्किएका युवाहरुलाई कृषि तालिम दिएर कृषिमा आवद्धता गर्ने निर्णयसमेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ