arrow

रामलीलाका लागि अयोध्या पठाइएको देवशिला जानकी मन्दिरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १५ आइतबार
sriram-devsila.jpg

काठमाडौं । भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि पठाइएको पवित्र शिला जनकपुरधाममा पुगेको छ । शिला भगवान् श्री रामको मन्दिरमा स्थापित गरिने श्री रामको बालरुप ‘रामलीला’को भव्य प्रतिमा निर्माणका लागि पठाइएको हो  ।

श्री कृष्णागण्डकी तटबाट विधिपूर्वक ल्याइएको देवशिलाको  आइतबार बिहान श्री जानकी मन्दिरको प्राङ्गणमा  ९ बजे दर्शन, पूजन एवं महाआरती गरिएको छ । नेपालले   लामो समय टिक्ने कालीगण्डकीको  २६ टन र १४ टनका दुई थान शिला अयोध्या पठाएको हो ।  बुधबार क्रेनबाट दुई शिलालाई ट्रकमा राखेर प्रसिद्ध धार्मिकस्थल जनकपुरधाम पुर्‍याइएको हो ।

 भूगर्भ तथा शिलाविद्, प्राविधिक र विज्ञसमेतको टोलीले बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकीमा दुई थान शिला पहिचान गरेको थियो । शिला गण्डकी प्रदेश सरकारले मधेस प्रदेशको जानकी मन्दिरलाई हस्तान्तरण गर्दै अध्योध्यालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ