arrow

रवि पुगे नागरिकता लिन जिल्ला प्रशासन कार्यालय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १५ आइतबार
ravi-lamichhane-driving.jpg

काठमाडौं । पू‍र्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । आज उनले बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने प्रक्रिया थालेका हुन् ।

गत शुक्रबारमात्रै सर्वोच्च अदालतले रविले अमेरिकाबाट फर्किएपछि नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला गरेसँगै गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाउन पुगेका थिए । 

सर्वोच्चको फैसलापछि उनले आजै नागरिकता पुनः लिने प्रक्रिया थालेका हुन् । उनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र अनुसूची फारम भरेर पेश गरेपछि सम्भवतः आजै नेपाली नागरिकता पुनः पाउने छन् । 

बबरमहलमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताको भीड रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ