arrow

पाकिस्तानमा बस दुर्घटनामा ३९ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १५ आइतबार
accident-final_1618193180.jpg
तस्बिर – फाइल ।

काठमाडौं । पाकिस्तानको बलुचिस्तानमा बस दुर्घटनामा ३९ जनाको मृत्यु भएको छ । बस बिहान पल्टिएको थियो । पाकिस्तानी मिडिया डनको रिपोर्टअनुसार उक्त दुर्घटना लसबेला जिल्लामा भएको थियो । 

बसमा ४८ यात्रु सवार रहेका थिए । तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ । 

सोही कारण बसले पुलका दुई वटा खम्बामा ठक्कर खाएसँगै दुर्घटनामा परेको हो । एक महिला र एक बालकसहित तीन जनाको उद्धार गरिएको बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ