arrow

यातायात दुर्घटनामा पाकिस्तानमा ५१ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १५ आइतबार
accident-final-1618290232.jpg

बेला । पाकिस्तानमा आज भएका दुई बेग्लाबेग्लै यातायात दुर्घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । पश्चिमी पाकिस्तानमा पुलबाट यात्रीबाहक एउटा बस खस्दा ४१ जना र उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा डुङ्गा डुब्दा दश जना विद्यार्थीको ज्यान गएको हो । 

सरकारी अधिकारीहरूका अनुसार बस दुर्घटनामा ज्यान गुमाएका ४० जनाका क्षविक्षत भएका शव दुर्घटनास्थलबाट निकालिएको छ भने डुङ्गा डुब्दा सात देखि १४ वर्षका स्कूले केटाकेटीको मृत्यु भएको छ ।

दुर्घटनाग्रस्त बसमा ४१ जना यात्री थिए । घाइते भएका दुई जनाको अवस्था गम्भीर छ । बसका चालक निदाएकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

डुङ्गा डुब्दा हराएका नौ जनाको खोजी भइरहेको छ । एघार जनालाई उद्धार गरिएको छ । खोज तथा उद्धार जारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ