arrow

माछापुच्छ्रे बैङ्कद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १५ आइतबार
mbl-students-winter-cloths.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. १, उदयपुर जिल्ला स्थित श्री सिद्धवती माध्यमिक विद्यालय, खाँबुमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोको न्यानो स्वेटर हस्तान्तरण गरेको छ।

सिद्धवती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अति निम्न परिवारका बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बैङ्कले उक्त स्कुलमा २६५ थान स्वेटर वितरण गरेको हो।

यसै गरी बैङ्कले जाडो मौसमलाई नै मध्यनजर गर्दै मधेस प्रदेश, पर्सा जिल्ला, जगन्नाथपुर गाउँपालिका अवस्थित जामिया कुलफा मदरशामा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरूलाई समेत ४० थान ब्ल्याङ्गकेट हस्तान्तरण गरेको छ।

बैङ्कले यसअघि पनि सामाजिक कार्यमा सक्रिय रहेका विभिन्न सङ्घसंस्थाहरूलाई सहयोग गर्दै आएको थियो। माछापुच्छ्रे बैङ्क लिमिटेडले हाल देशका ७ वटै प्रदेशमा, १६५ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, १५७ वटा शाखारहित बैङ्किङ सेवा, २०६ वटा एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ