arrow

‘स्वाद अलैंचीको, मीठास नेपालको रेसिपी बुक’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १५ आइतबार
cardamom-reciepe-book.jpg

काठमाडौं । वाह ! अलैंची अभियानले अलैंचीको प्रयोग गरी तयार गरिने परम्परागत र फ्युजन नेपाली रेसिपीहरू सहितको पहिलो रेसिपी बुक सार्वजनिक गरेको छ । 

पुस्तकमा मास्टरशेफ सन्तोष शाह र प्रशिक्षार्थी तथा अन्य शेफहरूबाट विशेष रूपमा छानिएका ४० भन्दा बढी रेसिपीहरू समावेश गरिएका छन् । 

साथै रेसिपी बुकमा सेकुवा, चिया र खीर जस्ता सदाबहार व्यञ्जनहरूका लागि मसलाहरू तयार गर्ने विधि पनि समावेश गरिएका छन् ।

यस पुस्तकमा समावेश गरिएका रेसिपीहरू, वाह ! अलैंची अभियान अन्तर्गत पहिलो चरणमा आयोजना गरिएको प्रशिक्षार्थीहरु बीचको खाना बनाउने प्रतियोगिताबाट संकलन गरिएको हो । 

सो प्रतियोगितामा अलैंचीलाई मुख्य सामग्रीको रूपमा प्रयोग गरिएको थियो । जसमा विराटनगर, सौराहा र काठमाडौंका होटलहरूका प्रोफेसनल शेफ तथा कलिनरी विद्यालयका युवा प्रशिक्षार्थीहरूले उत्साहका साथ सहभागी भएका थिए । प्रत्येक रेसिपीलाई काठमाडौंका प्रोफेसनल शेफहरूको टोलीद्वारा सावधानीपूर्वक चयन र परिक्षण गरिएको वाह ! अलैंची अभियानले जनाएको छ । 

सन् २०२२ को जुलाईमा नेपाल अलैंची व्यवसायी महासंघले उद्योग, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसनको सहयोगमा होटल एसोसिएसन नेपालसँगको सहकार्यमा, वाह ! अलैंची अभियान शुभारम्भ गरेको थियो । 

यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्ता माझ अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्नमा केन्द्रित रहेको छ । साथै यो अभियानले नेपाली घरपरिवारलाई अलैंचीको फाइदा र स्वादबारे जानकारी गराउने लक्ष्य राखेको छ।

हाल दोस्रो चरणमा रहेको वाह ! अलैंची अभियानले नेपाली बजार र घरघरमा अलैंचीको प्रयोग र उपभोगलाई प्रवर्द्धन गर्ने जनाएको छ । यो अभियान अलैंचीलाई प्रवर्द्धन गर्न प्रमुख सरोकारवालाहरूसँगको सहकार्यमा केन्द्रित हुनुका साथै रेसिपी बुकको प्रवर्द्धन गर्न संचार माध्यम, निजी क्षेत्र र होटल एसोसिएसनसँग पनि काम गर्ने पनि जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ