arrow

तर्सिएका कणालीवासी

भूकम्प आउने अफवाहले रातभर घरबाहिर, हल्ला फैलाउनेको खोजी हुँदै

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७९ माघ १६ सोमबार
karnali-bhukampa-halla.jpg

मुगु । आइतबार रातभर कणालीवासी माइनस तापक्रमको प्रवाह नगरी घरबाहिर बसेका छन् । राती १ बजे तिर अकस्मात् कसैले २ बजे देखि ५ बजे भित्र कणालीको कुनै पनि जिल्ला केन्द्र विन्दु बनाई ठुलो झडकाको भूकम्प आउँदै छ भन्ने हल्ला चलाएपछि कणालीका गाउँ गाउँ र बजारका बासिन्दाहरू रातभरी नसुती घरबाहिर खुल्ला चौर र सुरक्षित स्थानमा बसेका हुन ।

राती २ बजे जिल्ला प्रहरी कार्यालयमा बुझ्दा भूकम्प आउने बारे आधिकारिक रूपमा कुनै निकायबाट जानकारी नआएको बताए पनि स्थानीयहरूले पत्यार नमानी घर बाहिरै बसेका थिए ।

मुगु जिल्ला सदरमुकाम गमगढीका बजारका स्थानीयहरू महाकाली माध्यमिक विद्यालयको चौर, डिभिजन वन कार्यालयको चौर र रोड रोडको छेउमा आगो बालेर रात कटाएका थिए भने आसपासका गाउँहरूका स्थानीय पनि गराखेतहरुमा रातभरी आगो बालेर बसेको श्रीनगर गाउँका स्थानीय मोहन कुमार मल्लले जानकारी गराए ।

मुगु जिल्लामा रहेका चार स्थानीय तह छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका, सोरु गाउँपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिकाका बस्ती बस्तीमा स्थानीयहरू घरबाहिर रातभरी बसेका थिए । सोरु गाउँपालिकाका स्थानीय गङ्गाराज शाहीले भूकम्प आउने हल्लाका डरले पालिका केन्द्र सोरुकोटमा मानिसहरू घर बाहिर निस्केर रातभर बसेको बताए ।

उता छिमेकी जिल्ला जुम्ला, कालिकोट , हुम्ला र बाजुरामा पनि यस्तै हल्लाले रातभर स्थानीयहरू ननिदाई घर बाहिर बसेको सामाजिक सञ्जालमा छ्यापछ्याप्ती पोष्ट भएको देखिन्छ ।

नेपाल रेडक्रस सोसाइटी मुगु शाखाका मन्त्री रत्नसिंह मल्ल राती निद बिउँझिँदा सामाजिक सञ्जालभरि भूकम्प आउने, घरबाहिर बसेको जस्ता खबर पोष्टहरु भाइरल भइरहेको देखेपछि  आखिर सत्य तथ्य के हो भनेर घर बाहिर निस्कँदा महाकाली विद्यालयको चौरमा मानिसहरू जम्मा भएको देखेको र अफवाह हल्ला हो भन्दा स्वर्ग र गर्भको कुरा भर हुँदैन भनी मानिसहरूले भनेको फोनबाट बताए ।

जरोकिलो पाटीका युवा नेता महेन्द्र विक्रम मल्ल आफ्नो फेसबुक पेजमा लेख्छन् 'कुन चाहिँ जड्या फटाहाले मुगु हुम्ला लगायतका जिल्लाहरूमा भूकम्प आउँदै छ भनी सर्वसाधारण जनतालाई आतङ्कित गदै यो माघको चिसो र भर्खर हिजो अस्ति परेको हिउँसँगै रातभरी खुल्ला आकाशमा बस्न बाध्य बनाउने महामूर्खको तत्काल खोजी गरि कारबाही होस ।'

यही १० गते दिउसो २:४३ बजे बाजुराको विछयामा केन्द्र विन्दु भएर गएको ५.९ म्याग्नेच्युटको भूकम्पको झड्काले तर्सिएका कणालीवासी पुन: भूकम्प आउने हल्ला चलेपछि आईपो हाल्छकी भनेर सुरक्षित रहन रातभर घरबाहिर बसेका थिए ।

भूकम्प आउने अफवाह हल्ला कसले, कहाँबाट के स्वार्थका लागी फैलायो त्यसको अनुसन्धान भइरहेको र पत्ता लागे नेपालको कानुन बमोजिम कारबाही हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ