arrow

आदिवासी बालबालिकाको चिहान नरसंहारको प्रमाण भएको इरानी दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
siriya-15-hundred-mass-grave.jpg

इरान ।  इरानले क्यानडामा हालै 'निर्दोष' आदिवासी बालबालिकाको नयाँ सामूहिक चिहान फेला पर्नु 'ठूलो मानवीय त्रासदी' को प्रमाण भएको बताएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ताले मन्त्रालयको वेबसाइटमा प्रकाशित एक वक्तव्यमा नासेर कनानीले चिहानको बारेमा पर्याप्त र पारदर्शी जानकारी प्रदान गर्न क्यानडा सरकारको अनिच्छाको आलोचना गर्दै यसले 'मानवीय विपत्ति' को गहिराइको सङ्केत गरेको उल्लेख छ ।

उनले भने, “यस्तो देशमा यो 'भयानक' अपराध भएको छ।”

विलियम्स लेक फस्र्ट नेशन (डब्लुएलएफएन) ले गत बुधबार एक पत्रकार सम्मेलनमा ब्रिटिस कोलम्बियाको एक पूर्व आवासीय विद्यालयमा थप ६६ वटा चिहान फेला परेको घोषणा गरेको थियो ।

सन् २०२१ को मे महिनामा ९३ वटा चिहान फेला परेका पूर्व सेन्ट जोसेफ मिसन आवासीय विद्यालयमा नयाँ खोजसँगै हालसम्म १५९ वटा चिहान फेला परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ