arrow

पुटिनले जोनसनलाई भनेका थिए: बेलायतमा मिसाइल हान्न एक मिनेट लाग्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
boris-johnson-vladimir-putin.jpg

काठमाडौं। बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा रूसले आक्रमण गर्नुअघि  भ्लादिमिर पुटिनले एक असाधारण फोन कलमा आफूलाई मिसाइल आक्रमणको धम्की दिएको बताएका छन् । जोनसले पुटिनले आफूलाई 'एक मिनेट मात्र लाग्ने' भनेको बताएका हुन्।

सन् २०२२ को फेब्रुअरीमा भएको लामो फोन कलमा पुटिनले युद्ध विपत्ति पूर्ण हुने चेतावनी दिएपछि यस्तो टिप्पणी गरेको जोनसनले बताएका छन्।

पुटिनले विश्व लिडरहरूसँग गरेको अन्तरक्रियाको जाँच गर्ने बीबीसीको डकुमेन्ट्रीमा थप कुराहरु उल्लेख छ।

जोनसले युक्रेनमा आक्रमण गर्दा पश्चिमी प्रतिबन्धहरू र रुसको सिमानामा नेटो सेना थपिने चेतावनी दिएको बताएका छन्।

यस्तै जोनसनले युक्रेन निकट भविष्यको लागि नेटोमा सामेल नहुने कुरा गरेर रुसी सैन्य कारबाहीलाई रोक्न खोजेको बताएका छन्।

तर, जोनसनले भनेका छन्, "उनले मलाई एक बिन्दुमा धम्की दिए र भने,'बोरिस, म तिमीलाई चोट पुर्याउन चाहन्न तर, मिसाइलले, यो एक मिनेट मात्र लाग्छ,' वा यस्तै केही ।"

'तर मलाई लाग्छ कि उनले लिइरहेको एकदमै शान्त स्वरबाट उनले वार्तालाप गराउने मेरो प्रयाससँग खेलिरहेको थिए,' जोनसनले भनेका छन्। उक्त  'सबैभन्दा असाधारण फोन कल'मा राष्ट्रपति पुटिन निकै घुलमिल भएको जोनसनले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ