arrow

पाकिस्तानको मस्जिदमा विस्फोट: १७ को मृत्यु, ९० घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
pakistan-mosque-blast.jpg

काठमाडौं। पाकिस्तानको पेशावरमा रहेको एक मस्जिदमा भएको विस्फोटमा १७ जनाको मृत्यु भएको छ भने कम्तीमा ९० जना घाइते भएका छन् । विष्फोट पूजास्थल भित्र भएको हो वा बाहिर भएको हो भन्ने अझै स्पष्ट हुन सकेको छैन ।

प्रारम्भिक जानकारी अनुसार विस्फोट मस्जिदभित्र भएको बताइएको छ। विस्फोट जोहरको नमाजपछि भएको र मस्जिदको एउटा भाग भत्किएको बताइएको छ।

सुरक्षा अधिकारीहरूले आत्मघाती आक्रमणकारी प्रार्थनाको क्रममा अगाडिको लाइनमा रहेको र उसले आफैंलाई विस्फोट गराएको बताएका छन्। घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको बताइएकाे छ।

आक्रमण भएको क्षेत्र पूर्ण रूपमा सिल गरिएको छ र एम्बुलेन्सलाई मात्र प्रवेश अनुमति छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ