arrow

बस र टाटा सुमो ठोक्किँदा महिलाको मृत्यु, बसका चालक फरार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
accident-final-1618290232.jpg

काठमाडौं । काठमाडौंको सीतापाइलामा बस र टाटासुमो एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१५ सीतापाइलामा बस र टाटासुमो आपसमा ठक्कर खाँदा बसमा सवार रसुवा गोसाइँकुण्ड घर भई हाल काठमाडौंको पुतलीसडक बस्ने ५२ वर्षीया यायल्म घलेको आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी घलेको उपचारको क्रममा मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते बस सहचालकको नेपाल नेशनल अस्पताल कलङ्कीमा उपचार भइरहेको छ । सामान्य घाइते भएका बसमा सवार तीन जना भने उपचार पश्चात् घर फर्किएका छन् ।

कङ्लकीबाट स्वयम्भूतर्फ आउँदै गरेको बा २ ख ८३६८ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना १ ज २४२१ नं को टाटासुमो एक आपसमा ठोकिँदा बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । टाटासुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेकाले खोजी भइरहेको प्रवक्ता भट्टले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ