arrow

बेलायती सेना विश्वका शीर्ष लडाकुमा नरहेको भन्दै अमेरिकाले दियो चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
britissh-military-uk-military.jpg

काठमाडौं। एक अमेरिकी जनरलले गोप्य रुपमा बेलायतका रक्षा मन्त्री बेन वालेसलाई बेलायती सेना अब विश्वको शीर्ष स्तरीय लडाकु सेनाको रूपमा नरहेको भन्दै चेतावनी दिएको रिपोर्ट गरिएको छ।

बेलायती रक्षा क्षेत्रको दशकौंको कटौतीले देशको लडाँई क्षमतालाई कमजोर बनाएको भन्दै चेतावनी दिइएकाे स्काई न्युजले उल्लेख गरेको छ।

'बटम लाइन भनेको...यो पूरै (सैन्य) सेवा (युनाईटेड किंगडम) यूके र हाम्रा सहयोगीहरूलाई जोगाउन असमर्थ छ,' रक्षा स्रोतलाई उदृधत गर्दै स्काई न्युजले उल्लेख गरेको छ।

यस्तै अमेरिकी जनरलले युक्रेनविरुद्ध रुसको चलिरहेको सैन्य आक्रामकतालाई ध्यानमा राख्दै यूकेले तत्काल आफ्नो सेनालाई पुनरुत्थान गर्न आवश्यक रहेको बताएकोसमेत उल्लेख गरिएको छ ।

यूकेको सेनाका अधिकांश बख्तरबंद गाडीहरू ३० देखि ६० वर्षअघि निर्माण गरिएका र वर्षाैंसम्म पूर्ण प्रतिस्थापन नगरिएको भन्दै कमजोरीको उदाहरणसमेत दिइएको छ।

अमेरिकी जनरलले वालेसलाई यूकेको सेना संयुक्त राज्य अमेरिका, रुस, चीन वा फ्रान्स जस्तो पहिलो स्तरको लडाइँ क्षमताको सेना नभएर दोस्रो स्तरमासमेत मुश्किलले रहेको भनेको स्काई न्युजले उल्लेख गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ