arrow

मस्जिद विस्फोटमा मृत्यु हुनेको संख्या ३२ पुग्यो, १५० घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
pakistan-suicide-bombing-musque.jpg

इस्लामाबाद । पाकिस्तानको पेशावरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३२ पुगेको छ। उक्त घटनाको पुष्टि पेशावरका कमिश्नर रियाज मेहसुदले गरेका छन् । 

उनका अनुसार मस्जिदभित्र उद्धार प्रयास जारी  छ । अहिलेसम्म १५० जना घाइते भएको जनाइएको छ । ‘शहर भरका अस्पतालहरूमा आपतकालीन सेवाका लागि तयार पारिएको छ र उपचारको उचित प्रबन्ध गरिएको छ ।

पेशावरको पुलिस लाइन्स इलाकामा रहेको मस्जिदमा दिउँसोको नमाजको समयमा विस्फोट भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार आत्मघाती आक्रमणकारी प्रार्थनाको क्रममा अगाडिको पङ्क्तिमा उपस्थित भई विस्फोट गराएको सुरक्षा अधिकारीहरूले बताएका छन् । 

विस्फोट हुँदा मस्जिदमा कम्तीमा तीनदेखि चार सय मानिस रहेको एक प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा अधिकांश प्रहरी रहेको उनले बताए । 

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पेशावरको मस्जिदमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै खुफिया र प्रहरी बललाई सचेत रहनसमेत आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ