arrow

सहकारीको बचत सुरक्षाबारे बालेन र महाप्रसादबीच छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
mahaprasad-balen.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । भेटका क्रममा सर्वसाधारणले सहकारीमा बचत गरेको रकम सुरक्षाका लागि काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहले राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका थिए ।

सोमबार राष्ट्रिय सभागृहमा भएको भेटमा मेयर बालेनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महानगर क्षेत्रका सहकारीहरूमा सर्वसाधारणले गरेको बचत सुरक्षाका लागि सहयोग गरिदिन आग्रह गरेको महानगरले जनाएको छ । 

मेयर बालेनले सर्वसाधारणको बचत सुरक्षा गर्न काठमाडौं महानगपालिकाले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको बताए ।

सहकारीहरूमा बचतको सिलिङ सम्बन्धी कानूनी प्रबन्ध गर्न सक्ने गभर्नर अधिकारीको भनाइ थियो । महानगरलाई आवश्यक पर्ने सहयोग राष्ट्र बैंकले उपलब्ध गराउने उनले बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ