arrow

जी-७ मध्ये बेलायतको अर्थतन्त्र संकुचित हुने आईएमएफको प्रक्षेपण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १७ मंगलबार
britain-mask.jpg

काठमाडौं। सन् २०२३ मा बेलायतको अर्थतन्त्र संकुचित हुने र अन्य उन्नत अर्थतन्त्रको तुलनामा कमजोर हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले प्रक्षेपण गरेको छ।

जीवनयापनको लागतले घरपरिवारलाई असर गरिरहेसँगै यसअघि थोरैले बढ्ने प्रक्षेपण हटाउँदै ०.६ प्रतिशतले संकुचित हुने आईएमएएफले जनाएको हो।

यसले आफ्नो नयाँ पूर्वानुमानले बेलायतको उच्च ऊर्जा मूल्य र उच्च मुद्रास्फीति जस्ता वित्तीय अवस्थाहरू प्रतिबिम्बित गरेको बताएको छ।

बेलायतका चान्सलर अथवा अर्थमन्त्री जेरेमी हन्टले भने बेलायतले गत वर्षका धेरै पूर्वानुमानहरू भन्दा राम्रो प्रदर्शन गरेको बताएका छन्।

आफ्नो विश्व आर्थिक आउटलुक अपडेटमा आर्थिक वृद्धिलाई स्थिर बनाउन काम गर्ने आईएमएफले यो वर्ष बेलायतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.३ प्रतिशतले बढ्नुको सट्टा संकुचित हुने बताएको हो।

यसले विश्वको उन्नत र उदीयमान अर्थतन्त्रहरूमा एक वर्ष घट्दो जीडीपीको पीडित हुने बेलायत एक मात्र देश हुने भविष्यवाणी गरेको छ। 

खासगरी जी७ क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, युनाइटेड किंगडम र संयुक्त राज्य अमेरिकामध्येमा बेलायतको अर्थतन्त्र मात्रै संकुचित हुने आईएमएफले जनाएको छ।

यद्यपि आईएमएफले सन् २०२४ मा बेलायतको वृद्धि ०.९ प्रतिशत हुने अपेक्षा गरेको छ, जुन अघिल्लो पटक ०.६ प्रतिशत हुने भनेको थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ