- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउडमा चार बर्षपछि शाहरुख खान फर्किएका छन् । अन्तिम पटक फिल्म जिरोमा देखिएका शाहरुखको हाल पठानमा देखिएका छन् । चार बर्ष पक्कै पनि लामो समय हुने शाहरुकै ठहर छ । उनले चार वर्षमा बालबालिका हुर्केको देखेका छन् ।
लामो समयपछि सिनेमामा फर्किएका शाहरुख सोमबार पहिलो पटक मिडियाको अगाडि देखिए र फिल्म असफल भए व्यपारमै हात बढाउने तयारी गरेको खुलासा गरे । उनले रेड चिलीज इन्टरटेनमेन्टलाई रेष्टुरेन्ट बनाउन लागेको भनि ठट्टा पनि गरेका छन् ।
'चार वर्षमा मैले बालबालिका हुर्केको देखेको छु । खाना पकाउन सिके । फिल्म बाहेक अर्को बिजनेस प्लान पनि सोचेको छु । फिल्म चलेन भने रेड चिलीजलाई फुड ईटरी नामको रेष्टुरेन्ट खोल्छु ।' शाहरुखले भने ।
पैसाकै कुरा गर्ने हो भने रेड चिलीजको वार्षिक कारोबार करिब ८०० करोड रहेको छ । सन् २००२ मा शाहरुख र गौरी खानले मिलेर प्रोडक्सन हाउस 'रेड चिलीज इन्टरटेनमेन्ट' स्थापना गरेका हुन्। आज यो भीएफक्स र भिजुअल प्रभावहरूको लागि सबैभन्दा विश्वसनीय कम्पनी हो ।
शाहरुले भने ‘फिल्मले राम्रो व्यापार गर्यो भने खुशी लाग्छ । पठान रिलिजको अन्तिम चार दिनमा मैले विगतको चार वर्ष बिर्सेको छु ।'
पठानले विश्वभर ५ दिनमा ५ सय ४० करोड भारतीय रुपैयाँ कमाएको छ । पठान घरेलु बक्स अफिसमा छोटो समयमा २ सय ७१ करोड कमाउने पहिलो हिन्दी फिल्म पनि बनेको छ ।
यसअघि बाहुबली-२ को हिन्दी संस्करण र केजीएफ-२ को हिन्दी संस्करणलाई २ सय ५० करोड क्लबमा पुग्न ७ देखि ८ दिन लागेको थियो।