- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना सञ्चालनमा ल्याएको छ। जस अन्तर्गत बैङ्कका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेकट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशत सम्म छुट प्राप्त गर्ने बैङ्कले जनाएको छ।
यो सुविधा बैङ्कका ग्राहकलाई २०७९ फागुन १५ गते सम्म मात्र कायम रहनेछ। बैङ्कले आफ्ना डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई मध्यनजर गर्दै उक्त सुविधा सञ्चालनमा ल्याएको हो।
डिजिटल कारोबारलाई बढवा दिन बैङ्कले देशभर रहेका विभिन्न सङ्घसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक सुविधा प्रदान गर्दै आएको छ।
साथै माछापुच्छ्रे बैङ्क लिमिटेडले प्रयोगकर्ताले ० प्रतिशत इएमआई भुक्तानीबाट पनि सीजी डिजिटलका इलेकट्रोनिक सामाग्री खरिद गर्न सक्ने छन्।