- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धुलिखेल । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आर्थिक वर्ष २०७९–०८० अर्धवार्षिक प्रगति विवरणको दुई दिने समीक्षा गोष्ठी हालै सम्पन्न भएको छ । धुलिखेलमा भएको उक्त गोष्ठीमा बैंकका सातै प्रादेशिक कार्यालयका प्रमुखहरु, २३ वटा विभागका विभागीय प्रमुखहरु, बैंकका उपकार्यकारी अधिकृतहरु एवम् नायब प्रमुख कार्यकारी अधिकृतहरुको सहभागीता रहेको थियो ।
बैंकका कार्यकारी अधिकृतहरुले गत साउनमा सम्पन्न भएको लक्ष्य प्रगति तथा बजेट कार्यान्वयन रणनीतिक गोष्ठीमा निर्धारण गरिएका अधिकांश सूचकहरु सन्तोषजनक रुपमा पूरा भएको बताएका थिए ।
साथै बैंकको मूख्य जिम्मेवारीमा रहेका विभागीय प्रमुख तथा प्रादेशिक प्रमुखहरुले बजारमा कर्जा लगानी र निक्षेप संकलन जस्तो महत्वपूर्ण कार्यमा आफूलाई पूर्णरुपमा समर्पित गरी बजारमा देखिएको प्रतिस्पर्धामा आफूहरुलाई खरो रुपमा उत्रन निर्देशन दिए । सहभागीहरुले प्राप्त निर्देशनहरुलाई आत्मसात गर्दै लक्ष्यहरुलाई समयमै पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । शाखा अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदीले उक्त गोष्ठी कार्यक्रमको सञ्चालन गरेका थिए ।