arrow

उच्चस्तरीय संयन्त्रको बैठक नबस्दासम्म सरकार नछाड्ने रास्वपाको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
rsp-rastriya-swatantra-party-meeting-.jpg

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले तत्कालै उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । सो उच्चस्तरीय संयन्त्रको बैठक नबस्दासम्म सरकार नछाड्ने निर्णय रास्वपाले गरेको छ । 

बसन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिन पर्खिने तथा सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।

यसअघि रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आनाकानी गरेपछि लामिछाने रुष्ट भएका थिए । 

उनले सामाजिक संजालमा आजसम्म पर्खने र आफू अभिमन्यु नबन्ने बताएका थिए । प्रचण्डले भने नागरिक विवादमा फसेका रविको नागरिकतासम्बन्धी सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय रविलाई नदिने मनस्थिति बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ