arrow

सुरक्षाफौजको कारबाहीमा मारिए आतंककारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २० शुक्रबार
balochistan-pakistan-army-soldiers-killed.jpg
तस्बिर – फाइल ।

इस्लामाबाद । उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा फौजले गरेको कारबाहीमा दुई जना आतंककारी मारिएका छन् । देशको खैबर पख्तुनख्वा प्रान्तमा गरिएको कारबाहीमा ती आतंककारी मारिएका हुन् । 

खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा फौज र आतङ्कारीबीच भएको दोहोरो झडमा उनीहरु मारिएका तथा उनीहरूबाट हतियार र गोलाबारुद पनि बरामद गरिएको पाकिस्तानी सेनाले आज जनाएको छ । 

आतङ्कवादविरुद्ध शून्य सहनशीलता अपनाएको पाकिस्तानी सेनाले अतिवादीहरूलाई परास्त गर्दै देशमा शान्ति सुव्यवस्था कायम गर्ने सङ्कल्पमा दृढ रहेको शुक्रबार एक विज्ञप्ति निकालेर बताएको छ । 

सेनाको मिडिया शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन ९आइएसपीआर०ले हिंसाको सहारा लिने कुनै पनि समूह र निकायविरुद्ध निरन्तर लड्ने दृढता विज्ञप्तिमा व्यक्त गरिएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ