arrow

गृह मन्त्रालयबारे छलफल गर्न रास्वपा बैठकमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २१ शनिबार
rsp-party-rastriya-swatantra -party.jpg
तस्बिर – फाइल ।

काठमाडौं । गृह मन्त्रालयबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी बैठकमा रहेको छ । रास्वपाले गृह मन्त्रालयबारे निर्णय गर्न प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई आजसम्मको समय दिएको थियो । 

गृह मन्त्रालय रास्वपालाई दिने बारेमा प्रधानमन्त्री प्रचण्डले कुनै निर्णय नगरेपछि रास्वपाको बैठक बसेको हो । रास्वपाका सभापति रवि लामिछानेले आफूलाई गृहमन्त्री नै बनाउनु पर्ने दाबी गर्दै आएका छन् । 

बिहीबार दुई दिनको अल्टिमेटम दिइएको भए पनि रविले प्रचण्डसँग भेटेपछि अहिले आकस्मिक रुपमा बैठक बसेको हो । प्रचण्डले रास्वपालाई गृह मन्त्रालयको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिने प्रस्ताव गरेपछि सोही विषयमा निर्णय लिन बैठक बसेको हो । 

यसअघि भने रविले आफूलाई गृह नै चाहिने बताएका थिए । अर्कातर्फ रविले गृह नपाए सरकारबाटै बाहिरिने घुर्की दिएका थिए । 

तर पछिल्लो राजनीतिक समीकरणबीच रास्वपा सरकारबाट बाहिरिनुभन्दा अर्को मन्त्रालय लिएरै भए पनि सहमति गर्नेतर्फ अगाडि बढेको बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ